Banner News

थप ८४१८ जनामा कोरोना संक्रमण, ३३७० जना डिस्चार्ज



काठमाडौँ, २५ बैशाख । थप ८ हजार ४ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८३  हजार ४ सय ९३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना रहेको छ । आज ५३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३६  सय ३२ जना पुगेको छ ।