विश्व

इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखलाई द्वन्द्व अन्त्य गर्न बाइडेनको आग्रह



एजेन्सी, २ जेठ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन ।

बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व​ अन्त्य गर्न आग्रह गरेका हुन । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आजका लागि बैठक बोलाएको छ ।

इजरायलले हिजो गरेको आक्रमणमा परेर १० जनाभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । समाचार संस्था एपी र अल जजिराको कार्यालय समेत रहेको भवनमा इजरायलले मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।