राजनीति

काठमाडौँ उपत्यकामा थप ३,०९८ जनामा कोरोना पुष्टि



काठमाडौँ, ३ जेठ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै आज देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । आज ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन ।