Banner News

थप ८२०३ जनामा कोरोना संक्रमण, ६८९१ जना डिस्चार्ज



काठमाडौँ, ४ जेठ । थप ८ हजार २ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ८ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ जना रहेको छ । आज १९६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।