समाचार

आजको मौसम



काठमाडौँ, ८ जेठ । हाल अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका धेरै ठाउँमा घाम लागेको छ । तराईका जिल्लाको मौसम पूर्ण सफा रहेकाे छ भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ ।

काठमाडौँ उपत्यकामा सामान्य बादलसँगै घाम लागेको छ । तर उपत्यकासहित पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । मौसमको अन्य प्रणालीको कारण नभइ प्रि-मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।  ।