Banner News

एमालेले सोध्यो माधवसहित ११ जना संघीय सांसदहरुलाई स्पष्टिकरण



काठमाडौँ, ८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठकले ११ जना संघिय सांसदहरुलाई स्पष्टिकरण सोधेको छ ।

आज बालुवाटारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीको हित, ह्वीप तथा विधि, विधान विपरित गतिविधिमा संलग्न भएका पार्टीका ११ जना सांसदलाई स्पष्टिकरण सोधेको हो । उक्त ११ जनामा माधव नेपाल, झलनाथ खनाल, डा. भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मी चौधरी, कल्याणी खड्का, पुष्पा कर्ण, कलिला खातुन, नीरादेभी जैरु  लगायतका सांसदहरु रहनुभएको पार्टीकाप प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

माधव समूहका अन्य २७ जनामा १६ जनालाई भने तत्तकाल स्पष्टिकरण नलिने निर्णय गरेको छ । माधव समूहका २६ जनाले हिजो प्रधानमन्त्रीको दावी गर्दा विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरिएको थियो । जसमा १६ जनाले आफ्नो हस्ताक्षर दुरुपयोग तथा विविध कारणहरु सार्वजनिक रुपमा बताइसक्नुभएकाले १६ जनालाई स्पष्टिकरण नसोधीएको प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।