समाचार

मौसम पूर्वानुमान



काठमाडौँ, १० जेठ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ । आज चक्रवातमा परिणत भई मंगलबारसम्ममा अतिधेरै शक्तिशाली चक्रवातमा परिणत र उक्त चक्रवातको केही असर नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण  मंगलबार अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध समेत महाशाखाले गरेको छ ।