राजनीति

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारीः अझै कडाई गरिने



काठमाडौँ, १० जेठ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो । ‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन,’ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नुभयो ।

उहाँका अनुसार अब काठमाडौँ उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ । विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ ।