अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ११ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ सयले घटेर ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।