विश्व

पाकिस्तानमा आजदेखि खोपका लागि नाम दर्ता शुरु



एजेन्सी, १३ जेठ । पाकिस्तानमा आजदेखि  कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ ।

कोरोना भाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिनुभयो ।  सामाजिक सञ्जाल ट्वटरमार्फत उहाँले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर(एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिनुभएको हो ।

“एनसीओसीको बुधबारको बैठकले आज बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ ।