राजनीति

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटको आदेश जारी



काठमाडौँ, १३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उहाक्ले पूर्ण इजलासमा पठाउने निर्णय गर्नुभएको हो । संवैधानिक इजलास शुक्रबार बस्नेछ । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।