समाचार

मृत अवस्थामा एक जना फेला



धनगढी, १४ जेठ । धनगढीको बसपार्कमा एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार आज बिहान धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको हो ।

प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।