काठमाडौँ, १५ जेठ । आज गणतन्त्र दिवस मनाइँदै छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ ।
२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छैन । लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ ।










प्रतिक्रिया दिनुहोस्