समाचार

असईसहित तीन प्रहरी निलम्बित



जनकपुरधाम, १७ जेठ । जिल्ला प्रहरी कार्यालय सिराहाले ३ जना अधिकारीलाई निलम्बन गरेको छ ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको छ ।