Banner News

थप ६०८५ जनामा कोरोना संक्रमण, ६८९८ जना डिस्चार्ज



काठमाडौँ, १८ जेठ । थप ६ हजार ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ८ सय ९८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना रहेको छ । आज ६८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५४ जना पुगेको छ ।