समाचार

काठमाडौँ उपत्यकामा २,०५७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, २० जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय २९, ललितपुरमा २ सय ९८ काठमाडौँमा १६ सय ३० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको छ भने आज ५ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन ।