काठमाडौँ, २१ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विज्ञानका अनुसार मौसमी प्रणालीमा अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहनेछ । बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच, आज बिहान ६ बजे न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो २९–३१ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्