Banner News

थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना डिस्चार्ज



काठमाडौँ, २१ जेठ । थप ६ हजार ६ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको  ९७ हजार ६ सय ९९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ८ हजार ६ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ७६ हजार १ सय ३० जना रहेको छ । आज १०१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ जना पुगेको छ ।