काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एकै पटक तीन जना उप्रधानमन्त्री सँगै १२ जना नयाँ मन्त्रीहरुको नियुक्ति गर्नुभएको छ । जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा हृदयस त्रिपाठीलाई जिम्मेवारी मुक्त गराई नयाँ जिम्मेवारी शेबहादुर तामाङलाई दिनुभएको छ । सोही अनुसार तामाङले हिजो सपथ ग्रहण पश्चात मन्त्रालयमा पुगी आफ्नो जिम्मेवारी संहाल्नुभएको छ ।
जिम्मेवारी संहाल्ने क्रममा मन्त्री तामाङले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खोपलाई द्रुत गतिमा व्यवस्थापन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
पदबहाली पछि उहाँले भन्नुभएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदभार ग्रहणसँगै कोभिड–१९ नियन्त्रणका लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खोप द्रूत गतिमा जुटाउने र आम नेपाली जनतालाई कोरोनाबाट बच्ने सुनिश्चितताको लागि निर्णायक पहल गर्ने निर्णय भएको छ । अहिलेको बिषम परिस्थितिमा मलाई गहन जिम्मेवारी प्रदान गर्नु हुने सम्माननीय प्रधानमन्त्रीज्यू र हाम्रो पार्टी नेकपा (एमाले)प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै सम्पूर्ण नेपाली जनताको आवश्यकता र आकांक्षालाई शीरमा राखेर कोभिड १९ महामारीसँग लड्ने प्रण गर्दछु । यसका लागी तपाइँहरूको सल्लाह सुझाव र रचनात्मक आलोचनाको पनि अपेक्षा गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्