समाचार

काठमाडौँ उपत्यकामा ९३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, २२ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ७३, ललितपुरमा १ सय ४१ र काठमाडौँमा ७ सय २३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर थप ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ भने आज ८ हजार ३ सय ४३ जना डिस्चार्ज भएका छन ।