काठमाडौँ, २४ जेठ । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग भिड्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।
यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गाेलको जित निकालेको थियो । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।
नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ ।










प्रतिक्रिया दिनुहोस्