राजनीति

काठमाडौँ उपत्यकामा थप १,१२५ जनामा कोरोना पुष्टि



काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११ सय २५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० गरी १,१२५ जनामा संक्रमण पुष्टि भएको हो ।