काठमाडौँ, २५ जेठ । चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।
चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो ।
यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो खोपलाई गएको हप्तामात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्