धनगढी, २६ जेठ । कैलालीमा साथीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए । घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्