विश्व

बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने विज्ञकाे चेतावनी



लन्डन, २७ जेठ । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ ।  हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

ब्रिटिस प्रजातिका नयाँ सङक्रमितहरू थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताए । बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिएपनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ । यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा,  अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिनु हो ।