समाचार

दाङको तुल्सीपुरमा गोली चल्यो



दाङ, २८ जेठ । दाङको तुल्सीपुरमा गोली चलेको छ ।

कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका छन ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उक्त घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।