काठमाडौँ, २८ जेठ । थप ३ हजार ७ सय ५० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४ हजार ३ सय ९६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ हजार २ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख २० हजार ८ सय १६ जना रहेको छ । आज ६७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्