काठमाडौँ, २८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं पटक मन्त्रिमण्डल विस्तार गरी पूर्णता गरेपछि एमालेभित्र नै चरम रुपमा असन्तुष्टि व्यक्त भइरहेका छन् । आफ्नालाई पाखा र अरुकालाई काखा गरेको भन्दै पार्टीका नेतादेखी लिएर जनवर्गिय संगठनहरुले समेत आफ्नै नेतृत्वको कडा रुपमा आलोचना गरिरहेका छन् ।
आफ्नो पार्टी तथा सरकारको लागि ज्यानलाई वलिदानी दिन तयार भई पार्टी तथा सरकारलाई सफल बनाउन अहोरात्र लागि पर्ने नेताहरुलाई वाइपास गरी पार्टी तथा सरकारलाई असहयोग गर्नेलाई मन्त्रीपरिषद्मा ल्याएको भन्दै कार्यकर्ताहरुले आक्रोस जनाएका छन् । आफ्नो युवा नेतृत्वलार्ई चिड्याई अरु पार्टीका नेतालाई खुसी बनाई सरकार चलाउने गतिविधि तत्काल सुधार्न समेत आग्रह गरेका छन् । आक्रोसित कार्यकर्ताहरुले आँगनको टिप्न खोज्दा आफ्नो गोजीको झर्ने कुरा नविर्सन समेत चेतावनी दिएका छन् ।
सरकार परिवर्तनको खेलमा प्रधानमन्त्री भनदा पनि बढी उहाँको सचिवालयको हात रहेको भन्दै तत्तकाल सचिवालय परिवर्तन गर्न समेत कार्यकर्ताले आग्रह गरेका छन् । पार्टी तथा सरकारलाई बदनाम गराउने प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, सूर्य थापा, डा. राजन भट्टराई र इन्द्र भण्डारी रहेको भन्दै आम नेपाली जनताको प्यारो पार्टी एमालेलार्ई बचाउन तथा लाखौं कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्न उक्त चार जनालाई बर्खास्त गर्न आग्रह गरिएको छ ।
एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतलाई मन्त्री बन्न नदिन चारै जना हात धोएर लागि परेको भन्दै युवा कार्यकर्ताले आक्रोस जनाएका छन् । प्रधानमन्त्री ओलीका चार सल्लाहकार नेता बस्नेतसँग तुलना गर्न समेत योग्य नभएको उल्लेख गर्दै नेता बस्नेतको खुट्टामा राख्न समेत नसुहाउने हैसियत भएकाले हावी चलाउनु दुःख भएको बताए ।
संघका नेता मन्जिव क्षेत्री भन्नुहुन्छ, ‘बिष्णु रिमाल, राजन भट्टराई, सुर्य थापा, ईन्द्र भण्डारी जस्ता महेश बस्नेतको पैतालामा नसुहाउने हुन तर आज उनिहरुनै हाबी बन्न पुगे । ‘बा’ले तुरुन्त सल्लाहकार परिवर्तन गर्नुपर्ने देखियो ‘बा’ लाई झन बिवादमा ल्याउछ्न !!!’
त्यस्तै पार्टीका भविष्य बोकेका नेताहरुले सामुहिक रुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण समेत गराउने भएका छन् ।










प्रतिक्रिया दिनुहोस्