Banner News

एमालेले बोलायो स्थायी कमिटी बैठक: माधव समूहलाई पनि निम्तो



काठमाडौँ, ३१ जेठ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि असार २ गते बस्ने बैठकमा बोलाएको हो । उक्त बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । २ गतेको बैठक अगाडि नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।