विश्व

नेतान्याहु इजरायली प्रधानमन्त्रीबाट पदमुक्त



एजेन्सी, ३१ जेठ । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु पदमुक्त भएका छन  ।

बीबीसीका अनुसार इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु पदमुक्त भएका हुन ।

एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन । विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।