समाचार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



पाल्पा, ३१ जेठ । ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्लले ती महिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी अभियोगमा प्रहरीले पाल्पाबाट पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।