अर्थ

खाने तेल र माछामासुको अत्यधिक मूल्य वृद्धि



काठमाडौँ, ३१ जेठ । नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि बहएको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्यवृद्धि २८.२० प्रतिशत रहेको जानकारी दिएको छ ।

यस अवधिमा मासु तथा माछाको मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको छ ।

उक्त प्रतिवेदनका अनुसार २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ५.८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।