धनगढी, १ असार । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।
विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ।










प्रतिक्रिया दिनुहोस्