Banner News

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



कास्की, १ असार । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दैछ ।

त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो । गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७र०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो । गएको आर्थिक वर्ष २०७६र०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो । प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्ने कार्यक्रम रहेको छ ।