राजनीति

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास



काठमाडौँ, २ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सकेको छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि  औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल भइरहेको तरसहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही  दिनमा सहमतिसाथ स्थायी कमिटी बैठक बस्नसक्ने बताए ।

केही  सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता ज्ञवालीले बताए ।  प्रदेश १,  बागमती,  कर्णालीलगायत देश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका  लागि वातावरण तयार पारेको धारणा  उनको छ । यो समाचार गोरखपात्र दैनिकमा छ ।