समाचार

काठमाडौँ उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ५४, ललितपुरमा ६० र काठमाडौँमा ३ सय ९४ जना रहेको स्वास्थ्य मन्त्रालयले छ ।

त्यस्तै आज देशभर थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको छ भने आज २ हजार २० जना डिस्चार्ज भएका छन ।