काठमाडौँ, ७ असार । नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन हाल देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । काठमाडौंमा विहान मौसम खुले पनि केही समयपछि बदली हुने छ । बाढी तथा पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्