अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सयले बढेर प्रतितोला ९० हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले  बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।