समाचार

बेलायतमा एक नेपालीको मृत्यु



काठमाडौँ, ११ असार । बेलायतमा एक नेपालीको मृत्य भएको छ ।

नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको हो । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले  जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।  नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए ।