काठमाडौँ, १२ असार । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।
अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ । कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए ।
हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ । प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछध्र एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्