सिन्धुपाल्चोक, १२ असार । सिन्धुपाल्चोक जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ मा तीनवटा पक्की पुल निर्माण हुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ‘स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुंच सुधार परियोजना’ शिर्षक अन्तरगत, तालामाराङ भट्टार मोटरेबल पुल, कलुङखोला मोटरेबल पुल हेलम्बु -५ र सिपाखोला पुल, अर्चले बुढिचौर, ईन्द्रावती -८ मा पक्की पुल निर्माणका लागि बजेट बिनियोजन गरिएको हो ।
२०७१ सालबाट पहल गरिएको तर विविध कारणले निर्माण हुन नसकेका मोटरेबल पुलहरुको लागी यस वर्ष रकम बिनियोजन गरिएको र छिटोभन्दा छिटो टेन्डर प्रकृयामा लैजान सम्बन्धित निकायलाई निर्देशन गरिने पूर्वमन्त्री शेरबहादुर तामाङले बताउनुभयो ।
गत असार १ गते मेलम्ची खोला र ईन्द्रावती नदिमा आएको भीषण बाढिका कारण सो क्षेत्रका ५ वटा पक्की पुल बगाएको हुंदा हेलम्बु, पांचपोखरी थाङपाल, ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका केही वडाहरु सडक सञ्जालबाट बिमुख भएको अवस्थामा सो पुलहरु निर्माण हुँदा स्थानीय उपभोक्ताहरुलाई ठूलो राहत मिल्ने पूर्वमन्त्री तामाङका स्वकिय सचिब निर्मल बन्जाराले बताउनुभयो ।
बिगत लामो समयदेखि समस्यामा रहेका स्थानीयबासीहरुलाई उक्त पुलहरु निर्माण हुँदा ठूलो राहत मिल्ने मेलम्ची वडा नं ६ र ७ का वडा अध्यक्षहरु जितराज थापा र ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्