सप्तरी, १२ असार । सप्तरीमा तेल बोक्ने ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा आज ना.७ ख ५४९५ नम्बरको ट्यांकरले रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सबार रुपनी गाउँपालिका ३ कि ८ बर्षकी यशोधा देवीको घटनास्थलमै मृत्यु भएको छ भने स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको सोही ट्यांकरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्