राजनीति

इटलीद्वारा स्वास्थ्य सामाग्री सहयोग



काठमाडौँ, १३ असार । इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो । हस्तान्तरण्का क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदूत पनि उपस्थित हुनुहुन्थ्यो ।

राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको उल्लेख गर्नुभयो । यस्तै, युरोपियन युनियनकी राजदूत नोनाले यो सहयोगले नेपालीहरुको अमूल्य जीवन बचाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।