Banner News

थप २४४४ जनामा कोरोना संक्रमण, ३८५३ जना डिस्चार्ज



काठमाडौँ, १४ असार । थप २ हजार ४ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३५ हजार १ सय ८८  जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार ८ सय ५३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ८८  हजार १ सय ८७ जना रहेको छ । आज ४२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ ।