Banner News

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा ९एमाले०का सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।

बालुवाटारमा आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यही असार २० गतेभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन उनीहरुलाई निर्देशन दिएको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपानल समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गए । अदालत जानेमा माधव नेपाल समूहका २३ निवर्तमान सांसद पनि छन् ।