काठमाडौँ, १९ असार । लगातारको वर्षाका कारण मुग्लिङ–नारायणगढसहित विभिन्न सडक बन्द भएका छन् ।
बाढी पहिरोका कारण १७ ठाउँमा सडक बन्द रहेको छ । ५३ वटा सडक खण्ड भने एकतर्फी रुपमा खुलेका सडक विभागले जनाएको छ ।
मुग्लिङ–नारायणगढ सडकमा हिजो पहिरो हटाएको आधा घण्टामै फेरि पहिरो खसेपछि अहिलेसम्म सडक खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीन किलो, चार किलो र सेतीदोभानमा पहिरो खसेको छ । सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिराे हटाउन लागिपरेको प्रहरको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्