काठमाडौँ, १९ असार । थप २ हजार ३ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४३ हजार ५ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ हजार ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्