अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० असार । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले  बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।