Banner News

माधवलाई मनाउन एमाले वार्ता टोलीका नेता नेपाल निवासमा



काठमाडौँ, २१ असार । नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।

नेपाल निवासमा ओली पक्षका शंकर पोखरेल,सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा नेपाल पक्षका घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र भीम आचार्य गएका उनीहरुले अहिले सहमतिको मस्यौदाबारे ब्रिफिङ गरिरहेको जनाइएको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिएको छ ।