काठमाडौँ, २१ असार । अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू–भाग नजिक छ । यो बेला मनसुनी गतिविधि कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश एक, दुई, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुनेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने छ ।
त्यस्तै आज राति प्रदेश एकसहित वाग्मती र गण्डकीका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । बुधबारदेखि मनसुन फेरि सक्रिय हुने अनुमान छ । मनसुनी न्यूनचापीय रेखा तराई नजिक हुँदा मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी छ ।
ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्